काठमाडौं- आन्तरिक उडानको हवाइ भाडा घटेको छ। शुक्रबारदेखि लागू हुने गरी आन्तरिकतर्फको हवाइ इन्धनको भाडा प्रतिलिटर १० रुपैयाँ नेपाल अयाल निगमले घटाएसँगै आन्तरिकतर्फको हवाई जहाजको भाडा घटेको हो।
नेपाल वायुसेवा सञ्चालक संघ(आयोन)का प्रवक्ता घनश्याम आचार्यले नयाँ भाडादर आइतबारदेखि लागु हुने जानकारी दिए। उनकाअनुसार पछिल्लो समय संघले निगमले इन्धनको मूल्य घटाए घटाउने र बढाए बढाउने विधि लागू गरेको छ। सोही विधिअनुसार भाडादर घटेको हो।
यसप्रकार छ नयाँ भाडादरः-
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४