बुधबार, साउन १३, २०८३

हिमालय बैंकले शुरु गर्यो मास्टर डेबिट कार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- हिमालय बैंक लिमिटेडले ग्राहकहरुको लागि अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा शुरु गरेको छ। 

शुक्रबार राजधानीमा कार्यक्रम गरि उक्त कार्डको शुरुवात गरेको हो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टरकार्डकातर्फबाट दक्षिण एसिया क्षेत्रिय प्रमुख पोरुष सिंहले कार्ड सञ्चालनको घोषणा गरेका छन्।

कम्पनीका अनुसार ग्राहकले मास्टरकार्डबाट कारोबार गरि समान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेंटहरुमा (होटल, रेष्टोरा, पब लगायत पसलहरु) २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि कार्ड निशुल्क प्रदान गर्ने समेत जानकारी दिएको छ। मास्टरकार्डधारी ग्राहकहरुले कार्ड मुलुकभरका कुनै पनि पस मेशिनमा प्रयोग गरि सामान खरिद गर्न सक्नेछन्। उक्त खरिदमा आकर्षक नगद फिर्ता समेत हुने जनाइएको छ। ग्राहकहरुले उक्त कार्ड नेपाल तथा भारतका प्राय एटीएम र पस मेशिनमा प्रयोग गर्न सकिने बताइएको छ। कुनै शुल्क लाग्ने छैन। नगद रहित कारोबारलाई प्रोत्साहन गर्न सिज मास्टरकार्ड प्रयोग गरिएको जनाइएको छ।
 
हिमालय बैंकका ग्राहकहरुले देशभरिका ५७ शाखाहरुबाट कार्ड लिन सक्नेछ। एक सय ११ एटीएममार्फत कार्ड प्रयोग गर्न सकिनेछ। चालु अवमा थप ६ शाखा विस्तार गर्ने कम्पनीले योजन बनएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्