काठमाडौं- एनआई सी एशिया बैंक लिमिटेडको अत्यन्त लोकप्रिय रहेकोे बचत निक्षेप योजना“प्रिमियम समुन्नती बचत खाता”खोलेको बैंकका ग्राहक स्वर्गीय राज कृष्ण श्रेष्ठको कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएकोमा उक्त खाता खोल्दा पाँच लाख बराबरको स्वतः दुर्घटना बिमा हुने भएकोले सो बिमाको क्षतिपुर्तिवापत स्वर्गीय राज कृष्ण श्रेष्ठका हकवाला निजको छोरा रजत कृष्ण श्रेष्ठलाई एक कार्यक्रमका बिच क्षतिपुर्र्ति बापतको पाँच लाखको चेक बैंकले हस्तानतरण गरेको छ।
उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट पुस २६ गते बैंकको केन्दी्रय कार्यालयमा हस्तानतरण गरिएको हो। उक्त कार्यक्रममा राठीले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावविहल भएको जनाए।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।
बैंकको वासलातको आकार २१६ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब तथा कर्जा १४७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ। साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४