काठमाडौं- युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोग सम्बन्धी बिमा सुविधा दिने भएको छ। कम्पनीले बिहीबार समारोहको अयोजना गरि योजना सार्बजनिक गरेको हो। घातक रोग बढी नै संवेदनशील भएको भन्दै उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको बताएको छ।
योजनाअनुसार बालबच्चा जीवन बिमाबाहेक अन्य जीवन बिमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको हो।
कम्पनीका अनुसार सुविधा १६ वर्षको उमेरदेखि लिन सकिन्छ। न्युनतम बिमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ। न्युन बिमा शुल्कमा बिमितको भविष्य सुरक्षित गर्ने योजनाको विशेषता रहेको जनाइएको छ। सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिनेछ।
६४ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने
कम्पनीले अधिकृत पूँजीको ३० प्रतिशतका दरले ६४ लाख ५० हजार कित्ता सर्वसाधारणलाई आईपिओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले चालु आर्थिक वर्ष ०७५/७६ को मंसिर महिनासम्ममा प्रथम बिमा शुल्क रकम ७६ करोड ९५ लाख ६८ हजार ४२२ रुपैयाँ अर्जन गरेको जानकारी दिएको छ। हालसम्म कम्पनीले दश प्रकारको बीमालेख संचालनमा ल्याएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४