प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकारको स्वेच्छाचारी शैलीलाई अनुगमन गर्न छाया सरकार गठन गर्ने निर्णय गरेको छ। पार्टी संसदीय दलको मंगलबार बसेको बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकार स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकाल्दै सम्बन्धित क्षेत्रका अनुभवी सांसदलाई सरकारका विभिन्न मन्त्रालयको अनुगमन गर्ने गरी छाया सरकार बनाउने निर्णय गरेको हो।
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले पहिलोपटक कोट लगाएको छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको विशेष पहलमा राउटेले कोट लगाएका हुन्। नसिलाएरै सेता कपडाका गाजा (शरीर ढाक्ने) बाँध्दै आएका राउटेहरुले कोट लगाएका छन्।
विगत दुई दशकदेखि हवाइसेवा दिँदै आइरहेको बुद्ध एयरले प्रदेश २ का विमानस्थलहरुमा ‘रि-फ्युलिङ’ को सुविधा भए विमान भाडा सस्तो हुने दाबी गरेको छ। विमानस्थलहरुमा ‘रि-फ्युलिङ’ का सुविधा नहुँदा विमानहरु नियमित नहुनुका साथै यात्रुलाई भाडापनि बढी तिर्नु परिरहेको बुद्ध एयरले बताएको छ।
प्रदेश १ मा सत्तापक्ष र प्रमुख प्रतिपक्षका प्रदेश सांसदहरुले परिवार र आफन्तलाई स्वकीय सचिव (पिए) बनाए पनि सना दलहरुले भने बनाएका छैनन् । प्रदेश १ का १४ जना नेकपाका सांसद र ७ जना नेपाली कांग्रेसका सांसदहरुले आफन्तलाई पिए बनाएका छन् । प्रदेश १ का नेकपाका ६७ र कांग्रेसका २१ जना छन् ।
हावाबाट पनि बिजुली बल्छ भनेर नपत्याउने पाँचथर सप्तमी बजारका बासिन्दा यतिबेला उज्यालोमा बस्न पाएपछि दंग छन्। साँझको बेला घरमा टुकी बाल्ने दिन गएको स्थानीय बासिन्दा बताउँछन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाएका छन्। उनले भने, 'संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन।'
ट्राफिक निर्देशनालय काठमाण्डौंका प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले स्मार्ट भएर काम गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । जोशीले नागरिकलाई सहज रुपले सेवा दिन स्मार्ट भएर काम गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका हुन्।
आगमी पुस २६ गतेदेखि लुम्बिनीमा हुन गईरहेको अन्तराष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टको तयारी पुरा भएको छ। कार्यक्रम आयोजक संस्था नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) प्रदेश ५ का अध्यक्ष तथा स्थानिय कार्यक्रम संयोजक विष्णु प्रसाद शर्माका अनुसार पुस २६ गते संसारका विभिन्न देशबाट आउने टुर अपरेटरहरु रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्राम सहितको बुद्ध सर्किटको भ्रमण गर्नेछन्।
मुकेश अम्बानीकी छोरी इशा अम्बानीको बिहे पिरामल ग्रुप अफ इन्डस्ट्रीका सिइओ सजय पिरामलका छोरा आनन्द पिरामलसँग १२ डिसेम्बरमा भयो। उनीहरुको बिहेका तस्बिर बिहेलगत्तै बाहिर आए पनि यतिबेला इशाको पहेलो रङको पहिरनमा सजिएको तस्बिर सार्वजनिक भएको छ।
तेस्रो संसकरणको नेपाल आईस अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक आयोजक सुदुरपश्चिम-११ स्पोर्ट्स क्लब र मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरसँग पराजित भएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंगलबार भएको लिगको अन्तीम खेलमा लिग विजेता मनाङ मस्र्याङ्दी क्लब पराजित भएको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङ फ्रेन्डस क्लबसँग १-० ले पराजित भएको हो।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यावसायीहरुको छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल ( क्यान) महासंघले यस पटक पनि क्यान इन्फोटेक २०१९ को माघ १५ देखि आयोजना गर्ने भएको छ।
भारतको सर्वोच्च अदालतको मंगलबारको आदेशले मोदी सरकारलाई धक्का लागेको छ। सर्वोच्चले मोदी सरकारले बर्खास्त गरेका केन्द्रीय जाँच ब्यूरो (सीबीआई) का निर्देशक आलोक बर्मालाई मंगलबार पुनर्स्थापना गर्न आदेश दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...