मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गोपालमान श्रेष्ठको निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति : राष्ट्रपति पौडेल

गोपालमान श्रेष्ठको निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति : राष्ट्रपति पौडेल

 |  मंगलबार, साउन १२, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०८३

काठमाडौं। राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्। 

राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरुमा श्रेष्ठले पुर्याएको योगदान सदा स्मरणीय रहने बताए। 

राष्ट्रपति पौडेलले श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिको रुपमा आफूले चिन्ने मौका पाएको बताउँदै उनको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको महसुस गरेको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्। साथै, राष्ट्रपति पौडेलले स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलीसहित दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकहरुमा गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: Jul 28, 2026| 18:43 मंगलबार, साउन १२, २०८३
प्रतिक्रिया दिनुहोस्