धनगढी- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मंगलबार सुदूरपश्चिमको प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ। उक्त कार्यालयको आरम्भ समारोहमा उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाकाप्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो।
सुदूरपश्तिम प्रदेशअन्तर्गत बैंकका पाँचवटा शाखाहरु- बझांग, अछामको ढकारी, धनगढी, महेन्द्रनगर तथा कैलालीको मोहन्यालबाट व्यापार विस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ।
प्रदेश नं ७ मारहेका नौ जिल्लामध्ये ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ। यस प्रदेशमा बैंकले करिव २०,००० ग्राहकलाई बैंकिंङ सेवा प्रदान गर्दै आएको छ।
नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना– संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ। यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथगर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको हो।
यस अगावै बैंकले प्रादेशिककार्यालयहरु- प्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगंजको आदर्शनगरमा,प्रदेश नं ४ को पोखराको सिमलचौरमा,प्रदेश नं ५ को नेपालगंजमा, र प्रदेश नं ६ को सुर्खेतमा स्थापना गरिसकेको छ।
नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पुर्याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४