बुधबार, फागुन २७, २०८२

अफगानी राष्ट्रपति घानीले देश छोडे

अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसका अनुसार अफगानी राष्ट्रपति घानीले देश छोडेर ताजकिस्तानतिर लागेका हुन्
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं– अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। तालिवान सैनिकले देशको अधिक हिस्सा आफ्नो कब्जामा लिइरहेको समाचार आइरहँदा राष्ट्रपति घानीले देश छोडेका हुन्। 

National life

अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसका अनुसार अफगानी राष्ट्रपति घानीले देश छोडेर ताजकिस्तानतिर लागेका हुन्। 

आज बिहानदेखि राजधानीमा काबुलका विभिन्न नाकाहरुबाट तालिवानी सेनाहरु भित्रि भागमा प्रवेश गर्दै गरेको भन्ने समाचार आइरहेका थिए।

अफगान उपराष्ट्रपति अमीरुल्लाह सालेह पनि भागेको हुनसक्ने बताइएको छ। १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबान लडाकुहरूे कब्जा गरेको अवस्थामा घानी राजीनामा दिनुपर्ने दबावमा थिए। यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो।

केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइरहेका छन्। तालिबान काबुल आइपुगेपछि आइतबार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेका थिए।

Laxmi sunrise bank
kumari



प्रकाशित: Aug 15, 2021| 19:49 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।