बिहीबार, असोज २९, २०८३

आइएमई डिजिटल र जनता बैंकबीच ‘आइएमई पे’सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंक लिमिटेडबीच  ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्झौता भएको छ। 

डिजिटलकातर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीलेबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार जनता बैंक नेपाल लिमिटेड  ‘आइएमई डिजिटल’को बैंकिङ साझेदार संस्था हुनेछ। साथै बैंकका सेवाग्राहीहरूले चाडै ‘आइएमई पे’ वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने सेवा प्राप्त गर्नेछ। बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने लगायतका थप विविध सेवाहरू उपलब्ध हुने बैंकले जानकारी गराएको छ।

‘आइएमई पे’ मा रिचार्ज, मनी ट्रान्सफर र भुक्तानी सेवा समेत प्राप्त गर्न सकिने जनाइएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्