काठमाडौं- आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभलले अंग्रेजी नयाँवर्ष–२०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ।
चन्द्रागिरि हिल्स लिमिटेडको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन बिहान १० बजे छुट्ने उक्त बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्कीहुँदै चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनसम्मको दुरी तय गर्नेछ।
साँझ ४ बजे चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनबाट छुट्ने उक्त बससेवा कलंकी, सोल्टीमोड, सोह्रखुट्टे, कान्तिपथ, लाजिम्पाटहुँदै पानीपोखरीसम्मआइपुग्ने छ।
चन्द्रागिरिसम्मपुग्न इच्छुक स्वदेशी तथा विदेशी पर्यटकहरूको सहजआवागमनलाई मध्यनजर गर्दै यस्तो सुविधासम्पन्न बस सेवा संचालनमाल्याएइको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४