शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • हाइटीमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ३०४ जनाको मृत्यु

हाइटीमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ३०४ जनाको मृत्यु

हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३०४ जनाको मृत्यु भएको छ। शनिबार बिहान गएको ७.२ म्याग्निच्युडको भूकम्पमा परी १८ सयभन्दा बढी व्यक्तिहरू घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

पोर्ट अउ प्रिन्स (हाइटी)- हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३०४ जनाको मृत्यु भएको छ। शनिबार बिहान गएको ७.२ म्याग्निच्युडको भूकम्पमा परी १८ सयभन्दा बढी व्यक्तिहरू घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। 

भूकम्पबाट ठूला भवन, होटल तथा चर्चमा बढी क्षति पुगेको बताइएको छ। सन् २०१० मा गएको शक्तिशाली भूकम्पको घाउ पूर्ण रूपमा ठीक नहुँदै हाइटीले अर्को ठूलो भूकम्पको सामना गर्नुपरेको हो। 

शनिबारको भूकम्पको केन्द्रबिन्दु हाइटीको सहर सेन्ट लुइस डुसुडबाट १२ किलोमिटरको दुरीमा रहेको अमेरिकी भौगर्भिक अध्ययन संस्था युएसजीएसले उल्लेख गरेको छ। भूकम्पको धक्का १२५ किलोमिटर टाढासम्म महसुस गरिएको बताइएको छ। 

'धेरै घर भत्किएका छन्। धेरै मानिस मरेका छन्। केही मानिस अस्पतालमा छन्,' भूकम्पको केन्द्रबिन्दु मानिएको स्थानीय क्रिस्टेला सेन्ट हिलायरले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग भनेकी छन्।  

हाइटीका प्रधानमन्त्री डा एरियल हेनरीले भूकम्पबाट ठूलो क्षति पूगेको र उद्धार कार्य जारी रहेको उल्लेख गरेका छन्।  'घाइतेहरूको उद्धार सबैभन्दा महत्त्वपूर्ण छ,' उनले भनेका छन्, 'घाइते र अंगभंग भएकाहरूले विशेष गरी कायेस र स्थानीय अस्पतालहरू भरिएको जानकारी आएको छ।'

घाइतेहरूको उद्धार कार्य जारी छ।

प्रकाशित: Aug 15, 2021| 16:28 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।