सोमबार, साउन ११, २०८३

शुरु दिननै नेप्से दोहोर अंकले घट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ। कारोबारमा आएको अधिकांश समूहको शेयर परिसूचक घट्दा समग्र नेप्से बजारको परिसूचक घटेको हो।

नेप्से १०.६२ अंक घटेर एक हजार २०४.५४ बिन्दुमा पुगेको छ। ‘क’ बर्ग कम्पनी मापन गर्ने सेन्सेटीभ इन्डेक्स समेत २.६६ अंक घटेर २५६.०० बिन्दुमा पुगेको छ। १६८ कम्पनीको पाँच हजार ४१३ कारोबारबाट १२ लाख ३६ हजार ३४३ शेयर खरिद बिक्री हुदा ४५ करोड ४२ लाख ८४ हजार ३९३ रुपैयाँको कारोबार भएको छ।

नेप्से बजारमा आएका ११ समूहमध्ये सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूहको परिसूचक ५२.३३ अंक घटेर छ हजार २५५.३२ बिन्दुमा पुगेको छ।

त्यसपछि अन्य समूहको परिसूचक ३३.४४, बैंकिङ समूहको परिसूचक ६.४८, ट्रेडीङ समूहको परिसूचक २.९६, विकास बैंक समूहको परिसूचक ६.०२, हाइड्रो पावर समूहको परिसूचक ३.३६ अंक घटेको छ।

फाइनान्स समूहको परिसूचक २.१५, माइक्रो फाइनान्स समूहको परिसूचक ४.६२ अंक घटेको छ।

यसैबीच होटेल, ननलाइफ इन्स्योरेन्स र उत्पादनमुलक समूहको परिसूचक २०.७९, २९.८१ र २.३२ अंक बढेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्