संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमारहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथप्रभु बैंकले गुल्मीको रुरु गाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको अध्यक्षतामा आयोजित एक समारोहमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले प्रभु बैंकको रानीबास शाखा कार्यालयको उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा नेपाल सरकारका पुर्वमुख्य सचिव तथा चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम विशिष्ट अतिथि थिए।
बैंकले रानीबास शाखाकार्यालय उद्घाटनका क्रममा विपन्नवर्ग, महिला उद्यमी तथा भूकम्प पीडित कर्जा शीर्षक अन्तर्गत पाँच जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४