प्रभु बैंकले गोरखाको बारपाकमा नयाँ शाखा विस्तार गरेको छ । बारपाकको सुलीकोट गाएँपालिका वडा नम्बर एकमा शनिबार बैंकको शाखा खोलिएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । बैंकको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उद्घाट गरेका थिए ।
नयाँ शाखा उद्घाटन गर्दै नेता श्रेष्ठले २०७२ सालको महाभुकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आफ्नो शाखा कार्यालय खोलेर सर्वसाधारणहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराई प्रभु बैंकले प्रशंसनीय काम गरेको बताए । कार्यक्रममा नेपाल पुननिर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले २०७२ सालको महाभूकम्पको केन्द्रविन्दु रहेको यस बारपाक सुलिकोट गाउँपालिकामा भूकम्प पिडितहरुलाई प्राथमिकताका साथ सहुलियत ब्याजदरमा भूकम्प पीडित कर्जा प्रवाह गर्ने उद्देश्यले आफ्नो शाखा कार्यालय विस्तार गरेकोमा प्रभु बैंकलाई धन्यवाद दिए ।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नेपाल सरकारको मुख्य लक्ष्यलाई प्रभु बैंकले बैंकिङ्ग सेवा मार्फत् योगदान पुर्याउने अठोट गरे अनुसार बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका आम सर्वसाधारणहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउन गाउँगाउँमा पुगेर शाखा कार्यालय स्थापना गरिरहेको बताए ।
बारपाक शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र सुलिकोट बारपाक गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४