सोमबार, साउन ११, २०८३

जिप्पो लाइटर अब नेपालमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं । अमेरिकाको चर्चित ब्राण्ड जिप्पो नेपाली बजारमा प्रवेश गरेको छ । अमेरिकासहित विश्वभर लाइटरको लागि चर्चित जिप्पो ब्राण्डले नेपालका लागि आधिकारिक बितरकमा जिपाल कम्पनी प्रालिलाई चयन गरेको छ । 

जिपल कम्पनी प्रालिले नेपाली बजारमा आधिकारिकरुपमा अमेरिकाबाट जिप्पो ब्राण्डका उत्पादनहरु आयात तथा बिक्री बितरण गर्नेछ । जिपल कम्पनी प्रालिले पुस १३ गते पत्रकार सम्मेलनमार्फत नेपालमा प्रवेश गरेको घोषणा गरेको छ ।

सो घोषणा कार्यक्रममा नेपालका लागि जिप्पोका बजार प्रतिनिधि, नेपाली कम्पनी जिपाल कम्पनी प्रालिका अधिकारीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा जिपाल कम्पनी प्रालिका म्यानेजिङ्ग डाइरेक्टर मनिष मिश्रा तथा धन बहादुर तामाङ्गले नेपाली बजारमा पहिलो पटक आधिकारिकरुपमा जिप्पो ब्राण्डका लाइटरहरु उपलब्ध गराएको जानकारी दिए ।

‘विश्वको चर्चित र लोकप्रिय ब्राण्ड जिप्पो अब नेपालमा आधिकारिकरुपमा प्रवेश गरेको छ । अब तपाईँहरुले जिप्पोका १ सय भन्दा बढि भेराईटिहरु सूपथ मूल्यमा नै किन्न सक्नुहुनेछ । साथसाथै हामीले यसको लागि सर्भिस सेन्टरपनि छिटै संचालन गर्दैछौं,’ कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर मनिष मिश्रा तथा धन बहादुर तामाङ्गले भने ।

नेपाली बजारमा कम्पनीले न्यूनतम मूल्य  दुईहजार पाँच सय ६० देखि २४ हजार रुपैयाँसम्मका जिप्पो लाइटरहरु बिक्री गर्नेछ ।

सन् १९३२ मा अमेरिकी नागरिक जर्ज जी ब्लेसफिल्डले जिप्पो ब्राण्डको लाइटरको डिजाइन तथा उत्पादन शुरु गरेका थिए । हाल जिप्पोको नेतृत्व ब्लेसफिल्डका नाती जर्ज बि ड्यूकले गरिरहेका छन् । उनी जिप्पोको बोर्डका चेयरमेन समेत हुन् । जिप्पोले लाइटरका साथसाथै त्यसका लागि आवश्यक पर्ने एसेसरिस्, बहुउद्धेश्यिय लाइटरहरु, पुरुष तथा महिलाहरुका लागि परफ्यूम, आईवेयर,लगायतका उत्पादनहरु निर्माण गर्दछ ।

विश्वभर जिप्पोका संकलकहरु रहेका छन् । जसले जिप्पोका उत्पादनहरु निकै विशेषरुपमा संग्रह गरेर राख्ने गर्दछन् । र त्यसको लागि विभिन्न देशहरुमा जिप्पो क्लबहरु समेत खोलिएका छन् । जिप्पोका लाइटरहरु हलिउड, बलिउड, म्यूजिक उद्योगमा निकै महत्वका साथ देखाउने तथा प्रयोग गर्ने गरिन्छ । हालसम्म २ हजार भन्दा बढि सिनेमा, स्टेज प्ले, टेलिभिजन शोहरुमा देखाईसकिएको छ ।

विश्वभर १६० भन्दा बढि देशहरुमा बिक्री हुने ओरिजिनल जिप्पो लाइटरहरु अमेरिकामा नै बनेका हुन्छन् । जिप्पोले उत्पादन गरेका ३ मध्ये १ लाइटर संकलनमा राखिएको हुन्छ ।

जिप्पोको सबैभन्दा महत्वपूर्ण र रोचक पक्ष भनेको यसको खरिदकर्ताले जिप्पोको उत्पादनहरुमा लाइफटाइम ग्यारेन्टी पाउँछ । अर्थात जिप्पोको लाइटरमा कुनै समस्या आएमा कम्पनीले नै मर्मतको सेवा दिने गर्दछ । त्यसैगरि यो लाइटर एक हातले नै प्रयोग गर्न सकिन्छ भने यसमा आगो पार्नको लागि आवश्यक पर्ने तरल पदार्थ जिप्पोले नै विशेषरुपमा उत्पादन गर्दछ र यसलाई पुन भर्न सकिने सुविधा छ ।

जिप्पोले सन् १९३२ मा एउटा लाइटर डिजाइनबाट शुरु गरेको आफ्नो उत्पादनहरु हाल वार्षिकरुपमा लाखौं यूनिट बनाउने गर्दछ । कम्पनीले सन् २०१८ सम्म आईपुग्दा ५ करोड ५० लाख भन्दा बढि युनिटहरु विश्वभरका जिप्पोप्रेमीहरुका लागि तयार पारेको छ ।

जिप्पोका लाइटरहरुको मुनिको भागमा विशेष किसिमले सिरिज नम्बर खोपिएको हुन्छ जून पुन रिपेयरको लागि सर्भिस सेन्टरमा जाँदा कुन वर्षको लाइटर भन्ने जानकारी प्राप्त हुन्छ ।
जिपल कम्पनी प्रालिले नेपाली बजारमा जिप्पोका १ सय भन्दा बढि डिजाइनका लाइटरहरु बिक्री गर्नेछ । त्यसैगरि कम्पनीले खरिदकर्ताको आफ्नै नाममा वा अर्डरअनुसारको नाम खोपेर समेत जिप्पो लाइटर किन्न सकिने सेवा दिएको छ ।

कम्पनीले नेपालमा नै जिप्पो लाइटरको सर्भिस सेन्टर छिटै संचालनमा ल्याउने तयारी समेत गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्