बुधबार, फागुन २७, २०८२

बल प्रयोग नगरी काबुल कब्जा गर्ने रणनीतिमा तालिबान

तालिबानका लडाकु अफगानिस्तानको राजधानी काबुलभित्र प्रवेश गर्न थालेका छन्।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं– तालिबानका लडाकु अफगानिस्तानको राजधानी काबुलभित्र प्रवेश गर्न थालेका छन्। देशका मुख्य सहरहरु कब्जा गरिसकेको तालिबान राजधानी कब्जा गर्न प्रयासरत रहेको बीबीसीले जनाएको छ। 

National life

समाचार एजेन्सी एएफपीले पनि काबुलका केही स्थानीयलाई उद्धृत गर्दै तालिबानी लडाकुहरु सहरी क्षेत्रमा प्रवेश गर्न थालेको बताएको छ। आज बिहानमात्रै तालिबानले सहज रुपमै जलालाबाद सहरमा कब्जा जमाएको थियो।

 जलालाबाद काबुलभन्दा केही घण्टामै पुगिने सहर हो। अफगानिस्तानस्थित बीबीसी संवाददाता यल्दा हाकिमले सोसल मिडियामा तालिबानको आधिकारिक भनाइ पोस्ट गर्दै तालिबानका नेताहरुले अफगान सरकारसँग कुराकानी गरिरहेको बताएका छन्। 

तालिबानी लडाकुहरु अहिलेसम्म सहरको बाहिरी इलाकामा रहेको र तत्कालै सहरभित्र नपस्ने तालिबानी नेताको भनाइ छ। उनका अनुसार अहिले सरकारी अधिकारीहरुसँग सत्ता हस्तान्तरण र सुरक्षाको विषयमा कुराकानी भइरहेको छ। 

उता, अफगान राष्ट्रपति हमिद करजाईले ट्विटरमा एउटा सन्देश पोस्ट गर्दै देशको राजधानीमा स्थिति नियन्त्रणमै रहेको भन्दै नागरिकलाई आश्वस्त हुन भनेका छन्। 

Laxmi sunrise bank
kumari

‘काबुलमा गोलीबारीका छिटफुट घटना भएका छन् तर अहिलेसम्म तालिबानले आक्रमण गरेको छैन। सहरलाई सुरक्षित राख्न देशको सुरक्षा बल र अन्तर्राष्ट्रिय सहयोगीलाई साथमा लिएर काम भइरहेको छ,’ राष्ट्रपतिले भनेका छन्। 

समाचार एजेन्सी एपीका अनुसार तालिबानले बल प्रयोग गरेर काबुल कब्जा गर्न चाहेको छैन। नेताहरुले आफ्ना लडाकुलाई बल प्रयोग नगर्न भनेका छन्। त्यसैगरी काबुल छोड्न चाहनेहरुलाई शान्तिपूर्वक जान दिन पनि उनीहरुले आग्रह गरेका छन्।

प्रकाशित: Aug 15, 2021| 14:55 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।