बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मिनी ट्रकमा ग्रिनेड विस्फोट हुँदा कराचीमा एकै परिवारका १० जनाको मृत्यु

मिनी ट्रकमा ग्रिनेड विस्फोट हुँदा कराचीमा एकै परिवारका १० जनाको मृत्यु

पाकिस्तानको कराची सहरमा भएको ग्रिनेड हमलामा ११ जनाको मृत्यु भएको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं– पाकिस्तानको कराची सहरमा भएको ग्रिनेड हमलामा ११ जनाको मृत्यु भएको छ।

National life

बीबीसीका अनुसार सहरको बाहिरी इलाकामा गुडिरहेको मिनी ट्रकमाथि ग्रिनेड प्रहार भएको थियो। घटनामा एकै परिवारका १० जनाको मृत्यु भएको छ, जसमा ६ महिना र ४ बच्चा छन्। नौ जना घाइते भएका छन्। 

सुरुमा सिलिन्डर विस्फोट भएको अनुमान गरिएको थियो। पछि कराची प्रहरीले सिलिन्डर विस्फोटको कुनै संकेत नदेखिएको र ग्रिनेड पड्काइएको प्रमाण मिलेको बताएको छ। 

आतंकवादीले गुडिरहेको मोटरसाइकलबाट मिनी ट्रकमा ग्रिनेड फ्याँकेको प्रहरीले बताएको छ। ट्रकमा २५ जना सवार थिए। उनीहरु विवाहक समारोहमा भाग लिएर फर्किंदै थिए। 


प्रकाशित: Aug 15, 2021| 12:16 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।