सोमबार, साउन ११, २०८३

ह्वावेको नोभा थ्री आईको मूल्य घट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सफल तथा रोचक वष सन् २०१८ लाई बिदा गर्ने समय आएको छ । नयाँ वर्षलाई स्वागत गर्ने तयारी भइहेका बेला ह्वावेले अन्तर्गत मोबाइलफोनको मूल्य घटाएको अफर ल्याएको छ जसले जाँदै गएको वर्षलाई थप उत्साहित बनाउनेछ ।

३८, ९०० मा उपलब्ध हुने सबैभन्दा सफल स्मार्टफोन नोभा थ्री आई अब मात्र ३५, ९९० मा किन्न सकिनेछ । आजदेखि लागू भएको यो अफर सीमित समयसम्मका लागि लागू हुनेछ ।

प्रयोगकर्ताहरूबाट पाएको अपार विश्वासका कारण सन् २०१८ ह्वावेका लागि सबैभन्दा सफल वर्ष रह्यो । नोभा सिरिजको यो स्मार्टफोन ब्रिकी खुलाइएको पहिलो दिनको दुई घण्टाभित्र नै झण्डै २ हजार वटा अग्रिम बुकिङ भएर प्रिबुकिङ रेकर्ड नै बनाएको थियो ।

सन् २०१८को जुलाईमा यो स्मार्टफोन सार्वजनिक गरिएको थियो। तर औपचारिक रूपमा त्यसको बिक्री शुरू भएको एक साताभित्र नै त्यसको स्टक सकिएको थियो ।
प्रयोगकर्ताहरूबाट ह्वावेले अद्भूत प्रतिक्रिया पाएको छ । यसले हामीलाई गौरवान्वित स्मार्टफोन उत्पादक बनाएको छ साथै भावी दिनमा अझ उत्कृष्ट स्मार्टफोनहरू ल्याउने जिम्मेवारी थपिदिएको छ ।

शक्तिशाली रियर क्यामरा

नोभा थ्री आईमा शक्तिशाली रियर क्यामराहरू पनि रहेको छ। रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ। प्राइमरी सेन्सरले स्पष्ट तस्वीरहरू र भिडिओहरू खिच्दछ भने सेकेण्डरी क्यामराले न्याचुरल देखिने तस्वीरहरू खिच्दछ ।

डुअल फ्रन्ट फेसिङ क्यामरा

नोभा थ्री आई मा २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा रहेको छ ।  प्राइमरी क्यामराले निकै स्पष्टताका साथ तस्वीरहरू कैद गर्दछ भने सेकेण्डरी क्यामराले डेप्थ डेटा लिन सघाउँछ।

फेसनप्रेमीहरूका लागि शक्तिशाली ४ वटा अलक्वाड क्यामरा सेटअप

ह्वावे नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू छन् । त्यतिमात्र नभई आर्टि्भिसल इन्टेलिजन्स( एआई क्षमताहरू भएको एसओसी जडित छ जसले सेल्फी खिच्ने अनुभवलाई एउटा पूरै नयाँ स्तरमा पुर्‍याउँछ ।

सिन चिन्ने क्षमता

ह्वावे नोभा थ्री आईमा सीन रेकग्निशन चिन्ने क्षमता छ । ह्वावे नोभा थ्री आई ले २२ वटा विभिन्न समूहरूअन्तर्गतको पाँच सयभन्दा पनि बढी सिनहरू चिन्दछ र उत्कृष्ट तस्वीहरू खिच्न सघाउँछ ।

डिस्प्ले

यो स्मार्टफोनमा ६.३ ईन्च एफएचडीं (२३४०×१०८०) १९.५:९ को फूल भ्यू रहेको छ । यी विशेषताहरुका कारण नोभा थ्री आईले ठूलो र स्पष्ट फोटोहरू खिच्दछन्। साथै अघिल्ला संस्करणका स्मार्टफोनहरूभन्दा नोभा थ्री आई आकर्षक र पातलो पनि छ।

आकर्षक रंगहरूमा

नोभा थ्री आई विभिन्न आकर्षक रङहरूमा उपलब्ध छः आइरिस पर्पल, ग्रेडियन्ट कलर, रातो र सेतो ।
 
आकर्षक डिजाइन 

नोभा थ्री आईमा स्मुथ डबल कर्भ ग्लास प्यानल रहेको छ र नानो टेक्सचर्ड इभेक्ट भएकाले ब्याक प्यानल झनै आकर्षक छ । 

एआई अग्मन्टेड प्रदर्शन
 
नोभा थ्री आईमा किरिन एसओसी जडित छ। दुईवटा एसओसीहरूले ह्वावेका पछिल्ला एआई क्षमताहरूलाई सपोर्ट गर्दछ साथै सबैभन्दा अग्रणी ईमेज प्रोसेसिङ स्पीड तथा एकुरसी छ जसले प्रयोगकर्ताहरूलाई हाई–टेक अनुभव प्रदान गर्छ ।

किरिन ७१० एसओसी

ह्वावे नोभा थ्री आईमा भने किरिन ७१० एसओसी जडित छ जुन ह्वावेको पहिलो १२ एनएम चिप हो । यसमा सुधारिएको ईमेज सिग्नल प्रोसेसर–आइएसपी राखिएको छ तथा भिडियो प्रोसेसिङका लागि डिजिटल सिग्नल प्रोसेसर–डीएसपी रहेको छ जसकारण नोभा थ्री आईमा उत्कृष्ट फोटो खिच्ने क्षमता प्रदान गर्दछ । थप स्थिर गेमिङ अनुभवका लागि नोभा थ्री आईले ग्राफिक्स प्रोसेसिङ एक्सलेटर प्रविधि–जीपीयू टर्बो सपोर्ट गर्दछ । 

इएमयूआई ८.२

ह्वावे नोभा थ्री आई एन्ड्रोइड ओमा आधारित इएमयूआई ८.२ सफ्टवेयर सिस्टक रहेको छ जसले विभिन्न विशेषताहरूबाट स्वतन्त्र रूपमा एआईको अनुभव गर्न सघाउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्