सोमबार, साउन ११, २०८३

'सिभिल बैंक लिमिटेड र सन नेपालबीच सम्झौता'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यलेसन नेपाल लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ।

उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सन नेपाल लाइफइन्स्योरेन्सका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरे। 

अबसन नेपाल लाइफइन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बताए। 

चालु आर्थिक वर्षको प्रथम चौमासमा (एनएफआरयस) अठार करोड पचास लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुल शाखा संख्या ७१ रहेको छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्