काठमाडौं- विश्वकै नम्बर १ ब्राण्ड (Humidifier Brand Crane) को नेपालस्थित आधिकारिक बिक्रोता आईएमएस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ।
यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थय एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु जस्तै कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उगकरणहरु एएर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रि वितरण आरम्भ गरेको हो। क्रेन ब्राण्डले नविन एवम उत्कृष्ट बस्तुहरु उत्पादन गरे वापत 'Best Humidifier for Small Spaces- 2015, PTPA Consumer Report Magazine BEST PRODUCTS 2012' 'Family Choice-2018'लगायत अन्य धेरै पुरस्कार एवम सम्मानहरु पनि प्राप्त गरि सकेको छ।
क्रेन एअर प्युरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ्य बनाउन प्रभावकारी छ । यसै गरी क्रेन ज्गmष्मषष्भच को प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई जाडोयाममा फाइदाजनक हुन्छ। यसले विशेषतः हावालाई ओसीलो बनाई रुघाखोकी, नाकमा रगत आउने आँखा चिलाउने लगाएत अन्य हिउँदमा देखिने समस्याहरुलाई समेत निराकरण गर्दछ।
यसै सन्दर्भमा आ.एम.एस. ग्रुपका अध्यक्ष एवम प्रमुख कार्यकारी अधिकृत दिपक मलहोत्रा भने, 'हामी क्रेन जस्तो अन्तराष्ट्रिय स्तरमा उच्च स्तरिय र लोकप्रिय ब्राण्डको आधिकारीक बिक्रेता हुन पाउदा खुसी र उत्साहीत छौं। यसका उत्पादनहरु स्वास्थ्य लगाएत अन्य दृष्टिकोणले पनि अत्न्यत उपयोगी र लाभदायक छन।'
आएम.एस. ग्रुपले क्रेन ब्राण्डका उत्पादनहरुलाई कम मूल्यमा ग्राहक समक्ष उपलब्ध गराउने पनि उनी बताउँछन्। यस ग्रुप सदैव नेपाली उपभोक्तहरुको बदलिदो माग र आकाक्षालाई पूरा गर्न उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादनहरु ब्जारमा ल्याउन कटिबद्ध रहेको पनि मलहोत्रा दाबी गरे। क्रेनका उत्पादनहरु ग्राहक वर्गले अनलाइन सपिङ्ग पोर्टल स्मार्ट डोको मार्फत खरिद गर्न सक्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४