काठमाडौं- नेपाल अप्लाईड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च, (नामी) को आयोजनामा काठमाडौंमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सुरु भएको छ।
नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वेलगायतका देशहरुबाट आएका १२० जना प्रशिक्षार्थीहरुले उक्त पाठशालामा सहभागिता जनाइरहेका छन्। पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोग, उपादेयता र आवश्यकताको सन्दर्भमा आवश्यक, तालिम, परामर्श र अनुसन्धान गरिने बताइएको छ।
उक्त एघार दिने पाठशालामा २२ जना विदेशी, ७० जना काठमाडौं उपत्यका, १७ जना काठमाडौं उपत्यका बाहिरका र २० जना व्यावसायिक क्षेत्रका व्यक्तित्वहरु सहभागी छन्।
पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) लाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने ? तथा नेपालले झेलिरहेका आर्थिक, शैक्षिक, व्यवस्थापकीय, स्वास्थ्यलगायतका समस्याहरुको समाधानमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिनेछ।
उक्त कार्यक्रममा सहभागीहरुलाई तालिम र परामर्र्श दिनआउनु भएका नामीका सदस्य तथा बेलायतमा रहेको योर्क विश्वविद्यालयअन्तर्गत कम्यूटर विज्ञानविभागका प्राध्यापक सुरेश मानन्धर नेपालमा एआई सम्वन्धी प्रभावकारी शिक्षणको सुरुवात नै हुननसकेको बताउँछन्। मानन्धरकाअनुसार यो पाठशालाले एआईको सम्बन्धमा विद्यमान भ्रम निवारण तथा यसको उपादेयताको बढोत्तरी र एआई पढाउने शैक्षिक संस्थाहरुको स्तर उन्नतीमा सहयोग पुर्याउनेछ।
नामीका अर्का सदस्य तथा ईम्पेरियल कलेज लण्डनमा पोष्ट–डक्टरल अनुशन्धानकर्ताको रुपमा कार्यरत डा विनोद भट्टराईकाअनुसार पाठशालाको आयोजना गर्नुको पछाडि नेपालमा ‘अनुशन्धान सँस्कारलाई सहयोग पुर्याउनु हो।’
भट्टराई, नेपालकालागिकस्तो प्रविधिआवश्यकताहुन्छभन्ने कुरा नेपालले नै तय गर्न सक्नु पर्ने बताउनु हुन्छ। नेपालको कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा आवश्यक प्रविधिका लागि आज पनि बाहिरी देशसँग निर्भर हुनु परिरहेको भट्टराईको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४