सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसीको दुई नयाँ शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

एनआईसीको दुई नयाँ शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुनसरी- एनआई सी एशिया बैंकको दुई नयाँ शाखा सुनसरीको इनरुवा-१, शान्तिचोक र अर्को बराहक्षेत्र-१०, प्रकाशपुरमा स्थापना गरिएको छ। 

शान्तिचोमा राखिकएको शाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहता  तथा प्रकाशपुर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालबाट सोमबार उद्घाटन गरिएको छ। 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ। 

बैंकको वासलातको आकार २१० अर्बभन्दा बढी पुगेको छ भने कुलनिक्षेप करिब १६८ अर्ब तथा कर्जा १५५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचान बनाउन सफल भइसकेको छ। हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ। साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्