बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानद्वारा काबुलबाहेक अफगानिस्तानका सबै प्रमुख सहर कब्जा

तालिबानद्वारा काबुलबाहेक अफगानिस्तानका सबै प्रमुख सहर कब्जा

तालिबानले अफगानिस्तानको राजधानी काबुलबाहेक देशका सबै प्रमुख सहर कब्जा गरेको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

तालिबानले अफगानिस्तानको राजधानी काबुलबाहेक देशका सबै प्रमुख सहर कब्जा गरेको छ। अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुलतर्फ तीव्र रूपमा अगाडि बढ्दै गर्दा त्यहाँ तनाव चुलिँदो छ।

National life

लडाकुहरूले पूर्वी सहर जलालाबादमाथि आइतवार बिहानै नियन्त्रण कायम गरेका छन्।

योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल बाँकी छ। अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार ए शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन्।

सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाव बढ्दो छ।

संयुक्त राज्य अमेरिकाले तनावग्रस्त अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गर्नका निम्ति पाँच हजार फौज पठाउन लागेको जनाएको छ। अफगानिस्तानबाट आफ्ना फौज फिर्ता बोलाएकोमा चर्को आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडेनले कुनै देश द्वन्द्वको मध्यमा रहेका बेला त्यहाँ अन्तहीन अमेरिकी उपस्थितिलाई आफूले सही साबित गर्न नसक्ने बताएका छन्।

Laxmi sunrise bank
kumari

तालिबान लडाकुहरूले एउटा पनि गोली नचलाई जलालाबादलाई आइतवार बिहान नियन्त्रणमा लिएका थिए। यससँगै अफगानिस्तानका कुल ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबान लडाकु समूहको नियन्त्रणमा पुगेका छन्।

प्रकाशित: Aug 15, 2021| 09:04 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।