बिहीबार, भदौ ४, २०८३

तनहुँमा १०१ जनाको निःशुल्क मुटु परीक्षण

नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा शनिबार दमौलीस्थित नेशनल एपोलो अस्पतालमा १०१ जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

तनहुँ- नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा शनिबार दमौलीस्थित नेशनल एपोलो अस्पतालमा १०१ जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ। 

नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय महासचिव प्रा डा प्रकाशराज रेग्मीको नेतृत्वमा आएका मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्य, डा अजय अधिकरी र डा विनायक गौतमले मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन्।

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको मुटुसम्बन्धी स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको उद्घाटन गरिएको हो। सो अवसरमा प्रतिष्ठानका आजीवन सदस्यको स्वास्थ्य परीक्षण गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँका उपाध्यक्ष एवं नेशनल एपोलो अस्पतालका सञ्चालक चूडामणि दाहालले जानकारी दिए। बिरामीको इसिजी, मधुमेह, उच्च रक्तचापलगायत परीक्षण गरिएको थियो।

त्यसैगरी सो अवसरमा दमौलीका करिब १५ चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएपछि थप उत्साहित भएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताए।

‘खानपिनमा ध्यान दिऔँ’ : जिसस प्रमुख वाग्ले

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले मुटुरोगबाट बच्न खानपिनमा ध्यान दिनुपर्ने बताएका छन्। ‘खानपानकै कारण हामीले रोगलाई निम्त्याइरहेका छौँ’, उनले भने, ‘अस्वस्थ खानपानलाई छाड्न सके रोगबाट बच्न सकिन्छ।’ 

नेपालमा पनि बालबालिकादेखि वृद्धवृद्धासम्म मुटुरोग बढ्दै गएको अवस्थामा ९५ प्रतिशत मुटुका बिरामीको नेपालमै उपचार हुने व्यवस्था रहेको उनले भने। राज्यले मुटुरोगको उपचारका लागि निःशुल्क व्यवस्था गरे पनि प्रक्रिया झन्झटिलो रहेकाले मानिस पैसा तिरेर अन्यत्र अस्पताल धाउनुपरेको उनले बताए।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव प्रा डा रेग्मीले चुरोट र सुर्ती सेवन स्वास्थ्यका लागि अत्यधिक हानिकारक रहेको बताए। मानिसमा जाँड,  रक्सीको तुलनामा सय गुणा बढी असर धुम्रपानले गर्ने हुँदा यसतर्फ सचेत हुँदै वर्षमा कम्तीमा एकपटक स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गर्न उनले जोड दिए।

मानिसमा हृदयघात हुनुभन्दा पूर्व मुटुमा पीडा हुने, पसिना आउने, वाक्वाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, चक्कर लाग्नेलगायतका लक्षण देखिने हुँदा समयमै सचेत भई नजिकको स्वास्थ्य संस्थामा जानुपर्ने बताए।   राससबाट

प्रकाशित: Aug 15, 2021| 08:35 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।