आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • हैटीमा शक्तिशाली भूकम्प : २२७ जनाको मृत्यु, १८ सय भन्दा धेरै घाइते

हैटीमा शक्तिशाली भूकम्प : २२७ जनाको मृत्यु, १८ सय भन्दा धेरै घाइते

 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं- हैटीमा शनिबार गएको ७.२ म्याग्नेट्युडको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको छ। भूकम्पमा परी कम्तिमा २ सय २७ जनाको ज्यान गएको छ।

National life

समाचार एजेन्सी स्पूतनिकका अनुसार १८ सयभन्दा धेरैजना घाइते छन्। यो भन्दा पहिले अमेरिकाको अलास्कामा पनि भूकम्प गएको थियो। उक्त भूकम्प ६.९ म्याग्नेट्युडको रहेको थियो। 

शनिबार आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति पुर्‍याएको हैटीस्थित सञ्चारमाध्यमले जनाएका छन्। यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन्। 

भूकम्पले ठूलो क्षति पुर्‍याएसँगै प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन्। त्यहाँका अस्पतालहरूमा थुप्रै घाइते मानिसको उपचार भइरहेको छ।

डब्ल्यूएचओले जुनसुकै स्वास्थ्य सहायता गर्न आफू तयार रहेको जनाएको छ। हैटीका मुख्यमन्त्री एरियल हेनरीले पीडितलाई सहयोग गर्न सरकार पूर्ण प्रतिवद्ध रहेको जनाएका छन्।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु छ। एजेन्सी

प्रकाशित: Aug 15, 2021| 07:23 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।