बिहीबार, भदौ ४, २०८३

कोरोना बढेपछि प्रशासन र मालपोतको बार अनुसारको सेवा

जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर आजदेखि बारअनुसारको सेवा दिने जनाएका हुन्।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काभ्रेपलाञ्चोक- पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बारअनुसारको सेवा प्रवाह गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर आजदेखि बारअनुसारको सेवा दिने जनाएका हुन्। 

प्रशासन कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको मापदण्ड पालना गर्ने सन्दर्भमा कार्यालयमा दैनिकरूपमा सेवाग्राहीको अत्यधिक भीड बढेको र जिल्लामा कोरोना सङ्क्रमणदर बढिरहेकाले आज आइतबारदेखि स्वास्थ्य–सुरक्षाको मापदण्ड अपनाई बारअनुसार सेवा दिने भएको छ। 

अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल, पाँचखाल नगर र पनौती नगरपालिकाका लागि आइतबार, मङ्गलबार र बिहीबार तथा बनेपा नगर, मण्डनदेउपुर नगर र नमोबुद्ध नगरपालिकाका लागि सोमबार, बुधबार  र शुक्रबार सवा प्रवाह हुने जनाइएको छ। गाउँपालिकाको हकमा भने हरेक दिन सेवा उपलब्ध रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए।

यस्तै जिल्ला मालपोत कार्यालय धुलिखेलले पनि आजदेखि बारअनुसारनै सेवा प्रवाह गर्ने जनाएको हो। जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै कार्यालयले स्थानीय तहका नागरिकलाई बारअनुसार सेवा उपलब्ध गराउन थालेको हो। 

कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि बनेपा र नमोबुद्ध नगरलाई आइतबार र बुधबार, धुलिखेल र मण्डनदेउपुर नगरलाई सोमबार र बिहीबार तथा पाँचखाल र पनौती नगरलाई मङ्गलबार र शुक्रबार सेवा उपलब्ध गराउने जनाएको हो। गाउँपालिकाको हकमा भने हरेक दिन सेवा उपलब्ध रहेको कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ। राससबाट

प्रकाशित: Aug 15, 2021| 07:15 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।