काठमाडौं- एनआई सी एशिया बैंकको नयाँ शाखा भोजपुरस्थित राम प्रसाद राई गाउँपालिका-६ बैकुन्ठेमा स्थापना गरिएको छ।
राम प्रसादराई गाउँपालिका प्रमुख विजय राईले शुक्रबार भव्य समारोहकाबिच शाखाको उद्घाटन गरेका हुन्।
बैंकलाई ग्राहकले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७०शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।
बैंकको वासलातको आकार २१२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब तथा कर्जा १४५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या १४ लाख छ। साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाकार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४