सोमबार, साउन ११, २०८३

रेलवे रोडको अतिक्रमण हटाउन महानगर  सक्रिय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- वीरगंज महानगरपालिकाले इनर बाइपास ( रेल्वे रोड) को अतिक्रमण हटाउन सुरु गरेको छ। सडक अतिक्रमण हटाउन प्रहरीको सहयोगमा   डोजर चलाइएको वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भिष्मकुमार भुषालले जानकारी दिए।
 
सडकको अतिक्रमण नहटाउँदा नाला निर्माणको काम रोकिएको गुनासो आएपछि काम अघि बढाइएको महानगरले जानकारी दिएको छ। छ महिनाअघि नै सडक छेउका घरधनीले अतिक्रमण हटाउने लिखित सहमति गरेपनि कार्यान्वयन नगरेपछि बाध्य भएर डोजर चलाउनु परेको महानगरपालिकाले जानाएको छ। 

वीरगञ्जको घण्टाघरदेखि दुई किलोमिटरसम्म रेल्वे रोडमा कतिपयले सडक अतिक्रमण गरेर घर निर्माण गरिएको छ। महानगरपालिकाका अनुसार दुई किलोमिटर सडक खण्डमा झण्डै ३ दर्जन घरले सडकको क्षेत्र अतिक्रमण गरेका छन्। 

सडकको क्षेत्र खाली नभएकाले नेपाल सरकार, एडीबी र महानगरपालिकाको संयुक्त लगानीमा सञ्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको नाला निर्माणको काम रोकिएको छ। रेल्वे रोडको चौडाई ६६ फिटको भएपनि सडक अतिक्रमण गरी घर बनाइएको कारण नाला निर्माणको कार्य रोकिएको छ।

आयोजना व्यवस्थापक इन्जिनियर शैलेन्द्र श्रेष्ठले  निर्माण कम्पनीले सडक अतिक्रमण कायमै रहेको कारण देखाउँदै परियोजनाको काम गर्न आलटाल गरेको बताए। सडक अतिक्रमण हटेसँगै ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले नाला निर्माणको काम थाल्ने बताएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्