बुधबार, जेठ २७, २०८३

स्वास्थ्य सचिव चौधरीको सरुवा सर्वोच्चद्वारा बदर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या सचिव डा पुष्पा चौधरीलाई अन्यत्र सरुवा गर्ने मन्त्रिपरिषद् निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ। सरुवाविरुद्ध सचिव चौधरीले सर्वोच्चमा दायर गरेको रिटको अन्तिम सुनुवाइ गर्दै न्यायाधशिद्वय मीरा खड्का र ईश्वरीप्रसाद खतिवडाको संयुक्त इजलासले सरुवा बदर गरेको हो। 

सर्वोच्चको निर्णयसँगै चौधरीलाई स्वास्थ्य मन्त्रालयमा हाजिर हुने बाटो खुलेको छ। चौधरीको ठाँउमा सरकारले केदारबहादुर अधिकारीलाई नियुक्त गरेको थियो। 
आफूलाई अन्यायपूर्वक स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेको दाबीसहित सचिव चौधरीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

रिटको प्रारम्भिक सुनुवाइमा सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय यथावत् राख्न अन्तरिम आदेश जारी गरेपछि सो आदेशविरुद्ध सरकारले दर्ता गरेको निर्णय पुनर्विचार (भ्याकेट) हालेको थियो। तर सोमबार संयुक्त इजलासले सरकारको माग दाबी नपुगेको ठहर गर्दै सरुवा निर्णय बदर गरेको छ।

सरकारले २८ असोजमा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा सरुवा गर्ने निर्णय गरेको थियो। सोविरुद्ध चौधरी अदालत गएपछि सर्वोच्चले १६ कात्तिकमा सरुवाको कार्यान्वयन नगर्न सरकारका नाममा आन्तरिम आदेश जारी गरेको थियो। अदालतबाट आन्तरिम आदेश जारी भएलगत्तै उनी सीधै मन्त्रालयमा हाजिर गर्न पुगेकी थिइन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्