आइतबार, साउन २४, २०८३

सावधान !! ग्यानग्रिनले सताउला 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चीनको हुवे प्रान्तकी ५३ वर्षीया चाङको हातमा केही दिनअघि घरायसी काम गर्दा सामान्य घाउ भएको थियो । उनले त्यो घाउ सानोतिनो चोट भनेर वास्ता गरिनन् । 

दुई दिनपछि घाउमा केही परिवर्तन देखियो । घाउ वरपरका छाला उप्किन थाल्यो । बिस्तारै उनको अन्य औंला पनि कालो रङमा परिणत हुन थाल्यो । केही समयपछि त उनको हातका आठैवटा औला काला र फुस्रा हुन थाले । चिकित्सकले उनलाई ‘ग्यानग्रिन’ भएको बताए । 

के हो ‘ग्यानग्रिन’ ?

ग्यानग्रिन एक प्रकारको रोग हो । यो रोग लागेपछि बिस्तारै शरीरका कोष मर्दै जान्छन् । हातखुट्टाका औंला र जोर्नीहरूमा यो रोगले बढी असर गर्छ । बाहिरी अंगमा विशेष असर गर्ने यो रोगले शरीरका भित्री अंगमा पनि आक्रमण गर्ने सक्छ ।   

कसरी हुन्छ ग्यानग्रिन ?

घाउको राम्रोसँग हेरचाह नभएमा यो रोग लाग्न सक्छ । घाउमा रगत सञ्चालनमा रोकावट आउन थाल्छ । त्यसपछि बिस्तारै घाउ वरपर सुन्निन थाल्छ । त्यहाँ चिलाउँछ भने सुख्खा भएकाले निकै पीडादायी पनि हुन्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्