बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २६२४ मा कोरोना संक्रमण हुँदा १३२० जना मुक्त, २० को मृत्यु

२६२४ मा कोरोना संक्रमण हुँदा १३२० जना मुक्त, २० को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २६२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २६२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ। ८६६७ जनाको पीसीआर र ४९६४ को एन्टिजेन गरी १३ हजार ७७३ जनाको नमुना परीक्षण गर्दा २६२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयालये जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ। यस्तै १३२० जना संक्रमणमुक्त भएका छन्। 

नेपालमा आजसम्म कोरोना संक्रमण हुनेको संख्या आठ लाख पाँच हजार १९० पुगेको छ। तीमध्ये ६ लाख ८० हजार ८१५ जना संक्रमणमुक्त भएका छन्। संक्रमितमध्ये ४०.११ प्रतिशत महिला छन् भने ५९.८९ प्रतिशत पुरुष छन्।
मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ९३.२ प्रतिशत छ। 
आज आईसीयूमा रहेका बिरामीको संख्या ७६० छ भने १८० संक्रमित भेन्टिलेटरमा छन्। यस्तै सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ। संस्थागत आइसोलेसनमा रहनेको संख्या तीन हजार ४०३ छ भने ४११ जना क्वारेन्टिनमा छन्। ३६ हजार २ जना होम आइसोलेसनमा छन्।
कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या ४६ लाख ७४ हजार ३१८ छ भने तीन ३३ लाख तीन हजार ५७८ नेपालीले पूर्ण मात्रा लगाएका छन्।

प्रकाशित: Aug 14, 2021| 16:20 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।