बिहीबार, भदौ ४, २०८३

भिरबाट लडेर एक वृद्धको मृत्यु

बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

बाजुरा- बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका वडा नं ७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन्।

आज बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर मृत्यु भएको आफन्त टङ्कराज पण्डितले जानकारी दिए।

उनले दिएको जानकारीअनुसार बिहान करिब ७:०० बजेतिर घरबाट निस्केर खाना खाने बेला नआएपछि खबर गर्दा मृत्यु भएको अवस्थामा फेला पारेको पण्डितले बताए। रासस

प्रकाशित: Aug 14, 2021| 13:45 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।