बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ७२ घण्टाभित्र तालिवानले काबुल कब्जा गर्ने अमेरिकी गुप्तचरको ब्रिफिङ

७२ घण्टाभित्र तालिवानले काबुल कब्जा गर्ने अमेरिकी गुप्तचरको ब्रिफिङ

तालिवान विद्रोहीले शुक्रबार साझसम्म अफगानिस्तानका ३४ मध्ये १८ प्रान्त कब्जामा लिएको छ। शुक्रबार मात्रै तालिवानले ६ सहरमा कब्जा जमाएको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

तालिवान विद्रोहीले शुक्रबार साझसम्म अफगानिस्तानका ३४ मध्ये १८ प्रान्त कब्जामा लिएको छ। शुक्रबार मात्रै तालिवानले ६ सहरमा कब्जा जमाएको छ।

National life

यससँगै अमेरिकी गुप्तचर निकायले आगामी ७२ घण्टाभित्रै तालिवानले अफगानिस्तानको राजधानी काबुललाई पनि नियन्त्रणमा लिन सक्ने अनुमान गरेको छ।

गुप्तचर निकायको उक्त स्रोतलाई उदृत गर्दै सीएनएनले उक्त कुरा जनाएको हो। तालिवानले रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने गजनी प्रान्तको प्रान्तीय राजधानी सहर पनि नियन्त्रणमा लिइसकेको छ। यो क्षेत्र राजधानी काबुलदेखि १५० किलोमिटर मात्रै टाढा हो।

तालिवानीले सम्भवतः एकसाताभित्रै अर्थात ७२ घण्टाभित्र तालिवानलाई एक्ल्याउन सक्ने सीएनएनद्वारा प्रकाशित समाचारमा उल्लेख छ। यसको अर्थ उनीहरू राजधानभित्रै प्रवेश गर्न सक्ने भन्ने नभएको समाचारमा जनाइएको छ। 

उक्त जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले काबुलस्थित आफ्नो दूतावासलाई संवेदनशिल सामग्रीहरू नष्ट गर्न निर्देशन दिएको छ। ती सामग्री नष्ट नगर्दा तालिवानले प्रपोगान्डाको रुपमा प्रयोग गर्न सक्ने जोखिम हुने भएकाले यस्तो निर्देशन दिएको सीएनएनमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

उता अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार काबुलस्थित दूतावासमा केही खासबाहेकका कूटनीतिज्ञलाई छाडेर अन्य कर्मचारीलाई स्वदेश फर्कन निर्देशन दिइसकेका छन्। 

स्विट्जरल्यान्ड, नर्वे, डेनमार्क र फिनल्यान्ड दूतावासले आफ्ना सबै कर्मचारी फिर्ता गर्ने घोषणा गरेका छन्। जर्मनीले दूतावासले पनि भारी जनशक्ति कटौती गरेको छ। प्रान्तका राजधानीमा तालिवानले कब्जा जमाएसँगै दसौं हजार मानिस युद्धका कारण विस्तापित भएका छन्।

प्रकाशित: Aug 14, 2021| 13:07 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।