बिहीबार, वैशाख २०, २०८१

एक खेल अगावै च्याम्पियन बन्यो नेपाल

 |  शनिबार, माघ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २७, २०८०

काठमाडौं- क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा लगातार दोस्रो जित निकाल्दै घरेलु टोली नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको छ। 

triton college

घरेलु मैदानमा शनिबार भएको खेलमा नेपालले क्यानडामाथि ४ विकेटको सहज जित निकालेको हो। 

यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जित निकालेको थियो। 

क्यानडाले दिएको २ सय ८६ रनको विशाल लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। ४६ ओभरको पहिलो बलमा कुशल मल्लले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए। कुशल मल्ल र सोमपाल कामी समान ९ रनमा अविजित रहे। 

प्रकाशित: Feb 10, 2024| 16:36 शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्