बिहीबार, वैशाख २०, २०८१

क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

 |  शनिबार, माघ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २७, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा २८५ रन बनाएको भएको हो।

क्यानडाका लागि आरोन जोनसनले ६५ र नवनीत धालिवालले ४६ रन बनाए। नेपालका कुशल मल्ल र कप्तान रोहित कुमार पौडेलले २–२ तथा सूर्य तामाङ, सोमपाल कामी, आकाश चन्द र पवन सराफले १–१ विकेट लिए।

प्रकाशित: Feb 10, 2024| 13:19 शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्