सशिला मोटर्सले नेपालमै पहिलोपटक ८ वर्ष वा ४ लाख किमि वारेन्टी भएको उलिङ ईभी कमर्सियल भ्यान सार्वजनिक गर्ने भएको छ। त्यसका लागि सशिला मोटर्स प्रालिले विश्वप्रसिद्ध ईभी उत्पादक उलिङ मोटर्स होल्डिङ लिमिटेडसँग नेपालका लागि आधिकारिक वितरकको रूपमा सम्झौता गरेको छ।
उक्त सम्झौतामा सशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ मोटर्स होल्डिङ लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन्। उक्त सम्झौतासँगै अब सशिला मोटर्सले आगामी अप्रिलमा नेपाली बजारमा उलिङको ११ सिटर ईभी भ्यानहरू सार्वजनिक गर्ने जानकारी गराएको छ।
साथै, यो सम्झौतासँगै अब सशिला मोटर्स प्रालि उलिङ मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरूका लागि एक मात्र आधिकारक वितरक बनेको छ।
नेपालमा सार्वजनिक गर्न लागिएको ११ सिट क्षमताको ईभी भ्यान वातावरणमैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने कम्पनीको दाबी छ। साथै, ईभी भ्यानहरूमध्ये ग्राहकहरूको पहिलो रोजाइमा स्थान बनाउन सफल हुने कम्पनीको विश्वास छ। नेपालको यातायात क्षेत्र विद्युतीकरणमा रूपान्तरण हुँदै गइरहेको वर्तमान परिप्रेक्ष्यमा आरामदायी उलिङ ईभी कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ भने कार्बन उत्सर्जनमा कमी ल्याउनमा पनि महत्त्वपूर्ण योगदान पुग्ने बताइएको छ। उलिङ ईभी भ्यान आगामी अप्रिलबाट नेपाली बजारमा उपलब्ध गराइने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए।
यस्ता छन् उलिङ ईभी भ्यानका विशेषताहरू
• नेपालमै पहिलोपटक ईभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख किमिसम्मको वारेन्टी भएको।
• ४१x८७ कि.वा. आवर ब्याट्री।
• कटिङ एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक।
• सिङ्गल चार्जमा ३०० किमि रेञ्ज।
• ११ सिट क्षमता भएको, यात्राका लागि आरामदायी सिट।
• ४x९ मिटर लम्बाइ भएकाले पर्याप्त खुल्ला ठाउँसहित उत्कृष्ट आन्तरिक सजावट भएको।