शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • टाटा मोटर्सको भ्यालेन्टाइन अफर: पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर नयाँ पाइने

टाटा मोटर्सको भ्यालेन्टाइन अफर: पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर नयाँ पाइने

 |  शुक्रबार, माघ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २६, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले शुक्रवारबाट भ्यालेन्टाइन स्पेशल – ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रमको शुरूवात गरेको छ ।

triton college

३ दिनसम्म सञ्चालन हुने कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरू साट्न सकिनेछ ।​

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको हो । 

उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स महाराजगन्ज र जेबी मोटर्स बालकुमारी र उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेशनल, नेपालगन्ज, नारायणघाटमा रहेको एसएच मोटर्सलगायत नेपालभरि रहेका टाटाका शोरुमहरूमा आयोजना गर्न लागिएको हो ।

यस एक्सचेन्ज वीद लभ कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् ।

corrent noodles
Metro Mart

यस कार्यक्रमको मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जनमार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।


यस कार्यक्रमको अवसरमा ग्राहक महानुभावहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै नयाँ गाडी खरिद गरेर भरपूर फाइदा उठाउन पनि कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित: Feb 09, 2024| 11:30 शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्