शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आईटी पढ्न चाहने विद्यार्थीलाई लर्ड बुद्ध र क्यान महासंघले दुई करोडबराबरको छात्रवृत्ति दिने

आईटी पढ्न चाहने विद्यार्थीलाई लर्ड बुद्ध र क्यान महासंघले दुई करोडबराबरको छात्रवृत्ति दिने

 |  शुक्रबार, माघ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २६, २०८०

काठमाडौं- लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र क्यान महासंघबीच स्नातकमा आईटी पढ्न चाहने विद्यार्थीलाई करिब २ करोड बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता भएको छ। बिहीबारदेखि सुरू भएको एस पावर क्यान इन्फोटेक २०२४ को उद्घाटन समारोहमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र क्यान महासंघबीच सम्झौता भएको हो। 

विगत ६ वर्षदेखि प्रदान हुँदै आएको छात्रवृत्ति यस वर्ष पनि प्रदान गरिँदैछ। देशभरका ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान बीएस्सी आईटी डिग्रीका अध्ययनलाई छात्रवृत्ति प्रदान हुनेछ। 

यस अनुसार देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने जनाइएको छ। 

प्रकाशित: Feb 09, 2024| 10:16 शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्