सोमबार, असोज ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • क्यान इन्फोटेक मेला काठमाडौंमा सुरु, यस्ता छन् विशेषता

क्यान इन्फोटेक मेला काठमाडौंमा सुरु, यस्ता छन् विशेषता

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०

काठमाडौं- सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी गर्ने उद्देश्यले २९ औ संस्करणको क्यान इन्फोटेक काठमाडौँमा सुरु भएको छ।

Kumaribank

कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यानको आयोजनामा भृकुटीमण्डपमा मेलाको आयोजना गरिएको हो। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी, बजार विस्तार एवं उपभोक्ताको चाहानालाई मध्य नजर गर्दै मेला आयोजना गरिएको क्यानले जनाएको छ।

मेलामा विभिन्न कम्पनीका १ सय २० वटा स्टल रहेका छन् भने स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ। इन्फोटेकमा राखिने नवीन्तम प्रविधि तथा स्थानीय बजारको माग अनुसार विकास भएका सामग्रीले डिजिटल नेपाल निर्माणको अभियानलाई मद्दत पुग्ने महासंघका अध्यक्ष रणजीत पोदारले बताए।

त्यस्तै मेला अवलोकनका लागि सर्वसाधरणका लागि १ सय रुपैयाँ विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ। मेला आगामी फागुन ५ गते सम्म सञ्चालन हुने महासंघको भनाइ छ।

यस वर्ष क्यान इन्फोटेकको २९औं संस्करण माघ २९ गतेसम्म सञ्चालन हुनेछ। भृकुटीमण्डपमा सुरु भएको यो मेला मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी भएको क्यानका महासचिव चिरञ्जीवी अधिकारीले बताए।

Metro Mart

‘क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम् प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाहरूबीच गहन छलफल हुनेछ,’ उनले भने। इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने क्यानले जनाएको छ।

इन्फोटेकको टाइटल स्पोन्सर एस पावर बीपीई प्रालिले गरेको छ। यस्तै प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेशन फाउण्डेशन, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फो डेभलपर्स र मर्कन्टाइल अफिस सिष्टम प्रालि रहेका छन्। यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी), इन्सेसेन्ट रेन प्रालि, हिमकम/एनटेक र पीएनवई रहेका छन्।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा, इन्टरनेट पार्टनरमा डिश मिडिया प्रालि, इन्नोभेसन पार्टनरमा ए एट रेस ग्राफ नेपाल प्रालि, इन्स्यारेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स प्रालि, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेशन पार्टनमा पाटन कलेज फर प्रोफेशनल स्टडिज(पीसीपीएस कलेज ) रहेका छन्।

प्रदर्शनीलाई सफल रूपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन्।

मेलाको टिकट इसेवामार्फत काट्‍ने सकिनेछ जसअन्तर्गत सर्वसाधारणका लागि  १०० र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ।

मेलाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी थिइन्।

प्रकाशित: Feb 08, 2024| 15:51 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्