शुक्रबार, वैशाख २१, २०८१

‘खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल’ पोखरामा हुँदै

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०

काठमाडौं- नेपाल लिटरेचर फेस्टिभलमा विगत तीन संस्करणदेखि नेपाल डिस्टिलरीले साथ दिँदै आएको छ। यो वर्ष पनि ‘खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल’ हुने भएको हो।

triton college

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरू भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवम अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरूलाई सन् २०१६ देखि पोखरामा भेला गराई समसामयिक विषयवस्तुमा अन्तक्र्रिया र अन्र्तसंवाद सम्पन्न गर्दै आएको छ।


फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकरी फ्रेन्ड्स अफ फेस्टिभलमा सांगीतिक सत्रका रूपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुती, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन, प्रा.डा. धु्रवेशचन्द्र रेग्मी अनि उनको समूह र द ब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुती रहनेछन्।

खुकरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र संगीतलाई अन्तरघुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय निर्माणको लक्ष्य भएको बताइएको छ।

प्रकाशित: Feb 08, 2024| 15:28 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्