शुक्रबार, असार १२, २०८३

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२.७७ करोड

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०

काठमाडौं- नेपाल लाइफले चालु आ.व को दोस्रो त्रैमाससम्ममा  उल्लेखनीय प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि भएको छ।

National life

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमा शुल्क आर्जन रु. २,०००.०६ करोड रहेको छ जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बीमा शुल्क रु. १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको हो। कम्पनीले समीक्षा अवधिमा रु ३ अर्ब १६ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थियो। नवीकरण बीमा शुल्क १६ अर्ब ८३ करोड रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्ब ९७ करोड रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका थियो। कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. ६८२.०५ करोड खुद दाबी भुक्तानी गरेको छ। कम्पनीले छिटो र छरितो तरिकाले बीमितहरुको दाबी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ। कम्पनीले नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा रु. १८,६१०.२१ करोड भरपर्दो एवं सुरक्षित क्षेत्रमा लगानी गरेको छ।

गत आर्थिक वर्षको अन्त्य सम्ममा करिब १५० अर्ब ८६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष २१.७४ प्रतिशतले वृद्धि भई करिब १८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ। ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०.४२ रुपैयाँ रहेको छ। यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,४०१ रुपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत रहेको छ।

Shivam cement

 

प्रकाशित: Feb 08, 2024| 15:24 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्