बुधबार, चैत २५, २०८२

मकवानपुर मालपोतले उठायो १६ करोड राजस्व

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०

हेटौँडा- मालपोत कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०-०८१ मा जग्गाको कारोबारबाट रु १५ करोड ७८ लाख ८० हजार छ सय ६२ राजस्व संकलन  गरेको छ। मालपोत कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त रकम संकलन गरेको हो।

National life

मालपोत कार्यालय मकवानपुरबाट थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकाको आग्रा र गोङ्टेबाहेकका अन्य स्थानीय तहको जग्गाको कारोबार हुँदै आएको छ। कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा रजिस्ट्रेसन दस्तुर, राप्ती संरक्षण कोष, न्यायिक दस्तुर रोक्का, सेवा शुल्क तथा अन्य प्रशासनिक दस्तुर, पुँजीगत लाभकर गरी रु दुई करोड ६३ लाख सात हजार चार सय ९३ राजस्व संकलन गरेको छ।

त्यसैगरी कार्यालयबाट प्राप्त जानकारीअनुसार सो अवधीमा साउन महिनामा रु तीन करोड, भदौ महिनामा रु दुई करोड ४२ लाख ६० हजार चार सय १५ राजस्व संकलन गरेको छ। त्यसैगरी कार्यालयले असोज महिनामा रु तीन करोड ९९ लाख ७२ हजार आठ सय ७८ राजस्व संकलन गरेको छ। 

यस्तै कात्तिकमा रु एक करोड ३४ लाख ५१ हजार सात सय ८६ र मङ्सिरमा रु दुई करोड ६५ लाख ७५ हजार चार सय ४९ राजस्व, पुस महिनामा रु दुई करोड ७८ लाख छ हजार ९१ राजस्व आम्दानी गरेको हो।

गत आर्थिक वर्ष २०७९-८० को साउनदेखि पुससम्मको पहिलो छ महिनाको अवधिमा कार्यालयले रु २३ करोड ३६ लाख एक हजार छ सय ३६ आम्दानी गरेको थियो। कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७८-७९ को पुस मसान्तसम्म रु २६ करोड ६० लाख ७२ हजार तीन सय ६९ राजस्व आम्दानी गरेको थियो।

kumari

मालपोत कार्यालय राजस्व आम्दानीको एक स्रोत रहेको छ। यस कार्यालयले जग्गाको विभिन्न कारोबारबाट राजस्व आम्दानी गर्दै आएको छ। पछिल्लो समय कार्यालयमा कारोबार घट्दो क्रममा रहेको देखिएको छ। अघिल्लो आव २०७८-७९ को तुलनामा गत आव २०७९-८० मा रु तीन करोड २४ लाख ७० हजार सात सय ३३ ले कम राजस्व आम्दानी भएको थियो। 

आव २०७८-७९ को तुलनामा चालु आवमा रु १० करोड ८१ लाख ९१ हजार सात सय सातले राजस्व कम संकलन भएको छ। पछिल्लो तीन वर्षको राजस्व संकलनको तथ्यांक हेर्दा भारी गिरावट भएको देखिएको छ।

कार्यालयका अनुसार गत आवको तुलनामा  चालु आवमा रु सात करोड ५० लाखभन्दा कम राजस्व उठेको छ। चालु आवको केही समय जग्गाको कित्ताकाट बन्द, आर्थिक मन्दीका कारण जग्गाको कारोबार घटेसँगै राजस्व संकलनमा पनि कमी आएको हो।

प्रकाशित: Feb 08, 2024| 06:22 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्