शनिबार, भदौ १३, २०८३

अजाया र अल अली ग्रुप यूएईबीच एमओयूमा हस्ताक्षर

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

काठमाडौं- डायमण्ड (हिरा)को अन्तर्राष्ट्रिय ब्रान्ड अजाया नेपाल र दुबईको अल अली ग्रुपबीच व्यावसायिक साझेदारीको भएको छ। अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले मंगलबार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।

अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अली र अजाया नेपालका राकेशकुमार अडुकियाले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। यो समझदारीले विज्ञता र लगानीलाई एकै ठाउँमा ल्याएको हुँदा अजायाले छोटो समयमै विश्व बजारमा पहिचान बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी विश्वकै चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्नेछ। विश्व बजारमा नेपाली हस्तकलाको प्रवर्द्धनमा पनि यो समझदारी कोशेढुंगा बन्न सक्ने अपेक्षा गरिएको छ।

समझदारीबारे स्पष्ट पार्दै अजायाका राकेश अडुकियाले भने, ‘अजाया हामीले डायमन्डमा हासिल गरेको विशेषज्ञताका आधारमा अघि बढाइएको ब्राण्ड हो। यसलाई नेपालमा मात्रै नभएर विश्व बजारमै स्थापित गर्ने लक्ष्य छ। अल अली ग्रुपसँगको साझेदारीले लगानी र विशेषज्ञतालाई एकै ठाउँमा ल्याउने काम गरेकाले यो नेपाली ब्रान्ड छोटो समयमै विश्व बजारमा स्थापित हुने अपेक्षा गरेका छौं।’

अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अलीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने आफ्नो समूहको चाहनालाई मूर्त रुप दिन यो समझदारी कोशेढुंगा साबित हुने बताए।

प्रकाशित: Feb 07, 2024| 14:49 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्