शुक्रबार, वैशाख २१, २०८१

एभरेष्ट बैंकका ग्राहकले नेत्रालयमा छुट पाउने

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

एभरेष्ट बैंक लिमिटेड र कैलालीको धनगढी नेत्रालय प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहकले नेत्रालयको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हो ।  

triton college

सम्झौतामा बैंकका वरिष्ठ प्रबन्धक सतीश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यहरूले उक्त अस्पतालबाट ओपिडी तथा आइपिडी र चस्मा तथा फ्रेममा १० प्रतिशतसम्म साथै फार्मेसी तथा सर्जरी सेवामा ५ प्रतिशतसम्मको छुट पाउने उल्लेख छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्द सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा उपस्थित रहेको बैंकले जनाएको छ ।  हाल बैंकले देशभरमा एक सय २८ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक सय ६४ एटिएमका साथै ३२ वटा राजस्व संकलन केन्द्रमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रकाशित: Feb 07, 2024| 14:47 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्