शनिबार, भदौ १३, २०८३

संघीय संसद्‍को महासचिवमा पाण्डेय नियुक्त

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा सङ्घीय संसद्का पूर्वकार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयलाई सङ्घीय संसद्को महासचिवमा नियुक्त गरेका छन्।

पाण्डेको संसद् सेवाको कार्यवाहक महासचिवको हैसियतले दिएको राजीनामा आजै राष्ट्रपति पौडेलबाट स्वीकृत भएको थियो। नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दीकोट गाउँपालिका-१ पाल्पा निवासी पाण्डेयलाई आजैदेखि लागू हुने गरी नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पाण्डेयले यसअघि संसद् सचिवालयको सचिव र न्याय सेवा विशिष्ट श्रेणीको पदाधिकारीका रूपमा राष्ट्रसेवा गरेका थिए।

प्रकाशित: Feb 06, 2024| 19:12 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्