रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिमा समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट भएको छ।
किसानले लगेको १०० क्विन्टल उखुलाई उद्योगले ७० क्विन्टल देखाइदिएपछि किसानहरु आन्दोलनमा उत्रिएका थिए। किसानले उखु जोख्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका हुन्।
कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिका सञ्चालक अजय प्रकाशकै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्।
आफ्नो मोबाइल र क्यामेरासमेत मिल सञ्चालकले लुटपाट गरेको उनको आरोप छ। घाइते पत्रकार तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ।