सोमबार, मंसिर २९, २०८२

१२ जना न्यायाधीशको सरुवा, को-कहाँ? (सूचीसहित)

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

काठमाडौं- न्याय परिषद्ले १२ जना न्यायाधीशको सरुवा गरेको छ। परिषद्को आज बसेको बैठकले तीन जना उच्च अदालतका न्यायाधीशसहित १२ जना न्यायाधीशको सरुवा गरेको हो।

National life

उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा काज सरुवपा भएको छ। यस्तै सुर्खेतकै अर्का न्यायाधीश काजीबहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलासमा र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा भएको हो।

कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालत, सुनसरीका हरिप्रसाद कोइरालाको कास्की र कास्कीका अवनी मैनालीको मकवानपुर जिल्ला अदालतमा सरुवा गरिएको छ।

न्यायपरिषद्ले तेह्रथुमका जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेको पर्सा, रौतहटका तेजबहादुर खड्काको झापा र झापाका भीमबहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा गरेको छ।

यस्तै जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवन जिल्ला अदालतमा काज सरुवा भएको छ। नवलपुर जिल्ला अदालतका बाबुराम सुवेदीको मोरङ र दाङका कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा भएको छ।

Laxmi sunrise bank
kumari

बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेल्धुरा जिल्ला  अदालतको जिल्ला न्यायाधीशको हैसियतमा कामकाज गर्नेगरी तोक्न पनि न्याय परिषदले सिफारिस गरेको छ। 

Nayadish-11-1707217942.jpg

Nayadish-12-1707217942.jpg

 

 

प्रकाशित: Feb 06, 2024| 16:57 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्