बुधबार, माघ २१, २०८२

केपी ओली कपको खेलतालिका सार्वजनिक

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

काठमाडौं- राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कपको खेलतालिका सार्वजनिक भएको छ।

National life

यही फागुन ११ गतेदेखि १९ गतेसम्म आयोजना प्रतियोगिताको मंगलबार आयोजित कार्यक्रममा आयोजकले खेलतालिका सार्वजनिक गरेको हो। प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा ७ ए डिभिजन क्लब एक आयोजक र दुई विदेशी टिम छन्। भारतको दिल्ली फुटबल क्लबले पहिलो पटक केपी ओली कप खेल्न लागेको हो। यस्तै वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले पनि प्रतियोगिता खेल्नेछ।

यसअघि भुटानको पारो एफसी आउने भनिएपनि अन्तिम समयमा नआउने भएको आयोजकले जनाएको छ।प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ।

नेपाल एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीको जन्मदिनको अवसर पारेर युवा संघले गत वर्षदेखि केपी ओली कप फुटबल आयोजना गर्दै आएको छ।
प्रतियोगितामा विजेताले नगद ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उपविजेताले ५ लाख पाउनेछन्।

Laxmi sunrise bank

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यसैगरी सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने। हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन्। यसका अतिरिक्त हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

प्रतियोगिताको खेलहरु एन्फा कम्प्लेक्स मैदानमा हुने र सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा खेलाइनेछ। गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो।

प्रकाशित: Feb 06, 2024| 16:01 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्