शुक्रबार, असार १२, २०८३

रेडमी नोट १३ सिरिज नेपाली बजारमा

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

शाओमीले नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ। सोमबार होटल अलफ्टमा कार्यक्रमको आयोजना गर्दै शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिजअन्तर्गत रेड्मी नोट १३ प्रो+ फाइभजी, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो।

National life

यी तीनै मोडेलहरूमा शक्तिशाली प्रोसेसर र उच्च स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्ने कम्पनीले दाबी गरेको छ।

कार्यक्रममा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्टर्ड सेट गर्न पाएकोमा गर्व गरेको बताए। उनले भने, ‘हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यी नयाँ मोडेलहरूलाई मन पराइदिनुहुनेछ।’

रेड्मी नोट १३ (६/१२८ जीबी) को मूल्य २४ हजार ९९९ तोकिएको छ। त्यस्तै (८/२५६ जीबी)को २७ हजार ९९९ रूपैयाँ तोकिएको छ। रेड्मी नोट १३ प्रो (८/२५६ जीबी)को मूल्य ३४ हजार ९९९ तोकिएको छ। (१२/५१२ जीबी) को मूल्य ३९ हजार ९९९ रूपैयाँ तोकिएको छ।

रेड्मी नोट १३ प्रो + फाइभजी ४७ हजार ९९९ (८/२५६ जीबी) र ५२ हजार ९९९ (१२/५१२ जीबी) रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै यी सिरिजका मोबाइल किन्दा विभिन्न अफरहरू पनि राखिएको छ।

Shivam cement

प्रकाशित: Feb 06, 2024| 14:30 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्