शुक्रबार, वैशाख २१, २०८१

टी-२० विश्वकपअघि नेपालले तीन अन्तर्राष्ट्रिय सिरिज खेल्ने

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

काठमाडौं- आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपअघि नेपालले कम्तिमा तीन वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने पक्का भएको छ।  नेपालले फेब्रुअरीमा घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ।

triton college

यही बिहीबारदेखि हुने क्याडनाविरुद्धको एकदिवसीय सिरिज र त्यसपछि हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिजपछि टी-२० सिरिज हुनेछ।

नेपालले क्यानडासँग तीन वटा एकदिवसीय खेल खेल्दैछ। त्यसका लागि क्यानडाको टिम आज राति मलेसियाबाट काठमाडौं आइपुग्दैछ। यो सिरिजपछि नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग दुई दुई वटा एकदिवसीय खेल गरी चार एकदिवसीय खेल खेल्नेछ।

यसरी सात वटा एकददिवसीय खेल खेलपछि नेपालले नेदरल्यान्ड्स र नामिबियासँग टी-२० सिरिज खेल्ने भएको हो। लिग-२ को अघि वा पछि टी-२० सिरिज खेल्ने क्यानको नीतिअनुसार फागुन दोस्रो सातादेखि टी-२० सिरिज हुन लागेको हो।

घरेलु मैदानमा टी-२० सिरिज खेलेपछि नेपालले हङकङमा हुने चार देखि सम्मिलित अर्को टी-२० सिरिज खेल्नेछ। यो सिरिजमा हङकङ, ओमान, नेपाल र पपुवा न्युगिनीले भाग लिनेछन्।

corrent noodles
Metro Mart

मार्चमा हङकङमा टी-२० सिरिज खेलेपछि नेपाली टिम अप्रिलमा ओमान जानेछ। अप्रिल १० देखि २३ सम्म ओमानमा हुने एसिसी प्रिमियर कप यसपटक टी-२० फर्म्याटमा हुनेछ। १० टिमबीच हुने प्रतियोगितामा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। यो सिरिजमा नेपालले कम्तिमा चार र बढीमा ६ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले नेदरल्यान्ड्ससँग अमेरिकाको डालासमा र श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ। दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल सेन्ट भिसेन्टमा हुनेछन्।

प्रकाशित: Feb 06, 2024| 13:40 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्